मनोरन्जन

एकपटक बिहे गर्न गारो हुने जमानामा बलिउडका चर्चित कोरियोग्राफर रेमो डिसुजाले गरे तेस्रो बिहे

बलिउड उद्योगको चर्चित कोरियोग्राफर रेमो डिसुजाले आफ्नो विहेको बीस वर्ष पूरा गरेका छन् । रेमो डिसुजाले आफ्नो २० औं एनिभर्सरीलाई विशेष बनाउनका लागि श्रीमती लिजेलसँग तेस्रो पटक विहे गरेका छन् ।

उनीहरुले क्रिश्चियन परम्परा अनुसार तेस्रो विहे गरेका हुन् । यस विवाह समारोहमा रेमो र लिजेलका परिवारका सदस्यहरु उपस्थित थिए । साथै केही चर्चित कलाकारहरु पनि उक्त समारोहमा उपस्थित भए, जहाँ अभिनेता बरुण धवनले यस समारोहलाई विशेष बनाएका थिए । बरुण धवनको साथमा अभिनेत्री श्रद्धा कपुर र रेमोकी श्रीमती लिजेल पनि तस्वीरमा अटाएकी छन् ।

बरुणले क्याप्शनमा लेखेका छन्– ‘रेमो र लिजेललाई बधाई । मान्छेले एक पटक विहे गर्न सकिरहेका छैनन्, तपाईहरुले तीन पटक गर्नुभयो ।’ यस समारोहमा रेमो र बरुण धवनले खुब मस्ती गरेका छन् ।

रेमो डिसुजाको आगामी फिल्म ‘स्ट्रिट डान्सर ३ डी’को सुटिङ पूरा भइसकेको छ । यो फिल्म आगामी वर्ष २४ जनवरीबाट दर्शकमाझ रिलिजमा आउँदैछ । फिल्ममा श्रद्धा र बरुण मुख्य भूमिकामा देखिदैछन् ।