समाचार

गाउँका सडकहरु बनाउने वाचा गरेका मेयरले वाचा पुरा नगरेपछि गाउँलेहरुले मेयरलाई बाँधेर पि-टे

मेक्सिकाेमा एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घि-सारेका छन्। चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जर्बर्ज-स्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घि-सारेका हुन्।

बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए। तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रु-ष्ट भएका हुन्। विग्रिएको सडकमा घि-सारिँदा उनको ढाँड, हात तथा खुट्टामा चो-टपटक लागेको छ।

प्रहरीले गाउँलेलाई निय-न्त्रणमा लिएपछि मेयर जर्जको ज्या-न बचेको जनाइएको छ। ११ जना मानिसहरुलाई प्रहरीले यतिबेला निय-न्त्रणमा लिएको छ।

मेक्सिकोमा खासगरी लागुऔ-षध तस्क-रहरुले मेयर तथा राजनीतिज्ञमाथि आ-क्रमण गर्ने गर्दछन्। विकास निर्माणको विषयमा मेयरमाथिको यस आ-क्रमणलाई विचार पुर्याउनु पर्ने त्यहाँका राजनीतिक विश्लेषकहरुले बताएका छन्।