राजनीति

दशैँमा आफ्नो निधार खाली राखेपनि परिवार र नेपाली जनताको लागि यसरी हाँस्दै अध्यक्ष प्रचण्ड !

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारसंगको  दशैँका दिनको फोटोहरु सार्वजनिक भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले भने टीका लगाएनन् । पत्नी सीता, छोरीहरु रेनु र गंगा तथा नाती–नातिनीहरुको दशैँमा उनी सहभागी भएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालले छाेरीहरु र नाती–नातिनीहरुलाई दशैँको टीका प्रदान गरेकी थिइन् । यिनी तस्विर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सार्वजनिक गरेकी हुन् ।