मनोरन्जन

दशैँमा पहिला आमाको आशिर्वाद अनि फेरी आफ्नै पारामा हुक्का तान्दै मोडल निरुता क्षेत्री

राजधानी काठमाण्डौँमा बस्दै आएकी नेपाली म्युजिक भिडियोकी मोडल निरुता क्षेत्रीले यसवर्षको दशैँको टिका आफ्नो गृह जिल्ला बर्दियामा मनाएकी छिन् ।

मोडलको रुपमा परिचित निरुताले विगतका वर्ष झैँ यसवर्ष पनि धुमधामका साथ बर्दियामा दशैँ मनाएकी हुन् । निरुताले दशैँमा हुक्का तानेको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।

उनले आफ्नो आमाको हातबाट दशैँको टिका ग्रहण गरेकी थिईन् । भोजपुरी भिडियोमा केही वर्ष अभिनय गरेर नेपाली मोडलिङ क्षेत्रमा आएकी निरुताले दर्जनौँ म्युजिक भिडियो खेलेकी छिन् ।

दशैँमा पहिला आमाको आशिर्वाद अनि फेरी आफ्नै पारामा हुक्का तान्दैको फोटो सार्वजनिक गर्ने मोडल निरुता क्षेत्री आफ्नो बिन्दास बानि ले गर्दा पनि चर्चामा रही राख्छिन ।

About the author

admin

Add Comment

Click here to post a comment