समाचार

८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहने प्राधिकरणलाई ७ अर्ब २० करोड रुपैयाँ नाफामा लिउने घिसिङ

तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले कुलमान घिसिङलाई नेतृत्वमा पाएपछि निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष (आव) २०७५/७६मा प्राधिकरण ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संचित नोक्सानी करिब १५ अर्बमा झरेको छ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल विद्युत उत्पादनमा आत्मनिर्भर हुँदै गएको बताएका छन् ।

कुलमानको कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मेहनत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ठ बन्न सफल भएको छ । नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै निर्देशक घिसिङले आफूहरु चाँडै बिजुली बेच्ने अवस्थामा आउन लागेको बताए । उनले भारतसँगको परनिर्भरता पनि घट्दै गएको स्पष्ट पारे । १० वर्षमा १५ हजार मेघावाट उत्पादन गर्ने लक्ष्य स्मरण गर्दै घिसिङले भने, ‘१५ हजारको नारामा चाँडै नै बेच्ने अवस्थामा आउँदैछौं । भारतसँगको निर्भरता अन्त्य हुन्छ ।’

घिसिङले आफू आन्तरिक सुधारको अभियानमा रहेको पनि स्पष्ट पारे। काठमाडौंमा छरिएका यत्रतत्र तारहरु हटाउने क्रम जारी रहेको र सडक विस्तार तथा खानेपानी पाइपलाइनका केही समस्या भएको उनको भनाई छ । स्मार्ट विलिङ काठमाडौंमा सुरु भइरहेको र देशभरी कार्यान्वयनमा लगिने घिसिङले जानकारी गराए । उनले विद्युतीय सवारी सञ्चालनका लागि देशैभरी चार्जिङ स्टेशनहरु स्थापना गर्ने कार्य पनि अघि बढेको बताए । घिसिङले आफ्नो सफलताको सुत्र इमान्दारिता र लगनशीलता भएको पनि बताए ।

‘परिवारिक समयमा पनि काम गरेको छु’, उनले भने । घिसिङले काठमाडौं बाहिर विद्युतमा देखिएको आन्तरिक समस्या क्रमश सुधार गर्दै जाने प्रतिबद्धतासमेत जनाए । लोडसेडिङको अन्त्यसँगै नेपाल अब विद्युत उत्पादनमा आत्मनिर्भरता तर्फ लाग्दैछ । विद्युत प्राधिकरणका योजना के छन् त ? प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नागरिक फ्रन्टलाइनमा । उक्त विषय बारेको भिडियो आगाडीको यस लिंकमा https://www.youtube.com/watch?v=u1nYeiCy550 थिचेर हेर्न सक्नुहुन्छ ।